Roshan

धनराशी बहुउद्देश्यीय सहकारी

हामी आर्थिक सशक्तिकरण र वित्तीय समावेशीतालाई प्राथमिकता दिने एक प्रतिष्ठित संस्था हौं, जसले विभिन्न उमेर समूह, पेशा र लिङ्गका व्यक्तिहरूलाई लक्षित गरी सरल र लाभदायक बचत योजनाहरू उपलब्ध गराउँदै आएको छ।

हाम्रा सेवाहरूमा निश्चित अवधिका लागि उच्च ब्याजदर सहितका आवधिक बचत योजना, महिलाहरूका लागि आत्मनिर्भरता अभिवृद्धि गर्न महिला उद्यमी बचत खाता, भविष्यका लागि सुरक्षित कोष संकलन गर्न कोपिला बचत खाता, तथा नियमित बचत गर्नेहरूका लागि अवधि बचत खाता समावेश छन्। साथै, सीमित समयभित्र अधिकतम बचत गर्ने चाहना भएका सेवाग्राहीहरूका लागि ३ वर्ष एकमुष्ट भुक्तानी योजना पनि उपलब्ध गराइएको छ।

हाम्रो उद्देश्य प्रत्येक व्यक्तिमा बचतको संस्कृति विकास गराउँदै उनीहरूको आर्थिक सुरक्षामा योगदान पुर्‍याउनु हो। हामी सबै वर्ग र क्षेत्रका ग्राहकहरूका लागि सहज, पारदर्शी र भरपर्दो वित्तीय सेवा प्रदान गर्न कटिबद्ध छौं।

संक्षिप्त पृष्ठभूमि

धनराशी बहुप्रयोजनीय सहकारी संस्था लि. २०७८ फागुन १० गतेसहकारी महासंघमा दर्ता भई २०७९ माघ ०२ गतेबाट
विधिवत रूपमा कारोबारशुभारम्भ गरी संचालनमा ल्याएको हो।

Vision

परिकल्पना

धनराशी सहकारीको सम्पूर्ण सेवामा सदस्यसमेतको सहभागिता, पहुँचयोग्य र भरपर्दो वित्तीय सेवाहरु प्रवाह गर्ने आर्थिक स्थायित्व सिर्जना गर्ने लक्ष्य राख्छ।

Mission

उद्देश्य

वित्तीय सेवाहरूको पहुँचबिस्तार बढाई सबै वर्गको व्यक्तित्वको विकास गर्दै |स्वावलम्बी र सक्षम समुदाय निर्माण गर्ने उद्देश्य राख्दछ।

Core Value

मूल्य

प्रत्येक कारोबारमा स्पष्ट पार्दछ |
ईमान्दारिताको उच्च भावनालाई आत्मसाथ गर्दै | सदस्यसम्बद्ध
सुविधा तथा सुरक्षामा प्राथमिकता दिन्छ।