आदरणीय शेयर सदस्यज्यूहरू, शुभेच्छुक महानुभावहरू,
हाम्रो सहकारी संस्था सबै सदस्यहरूको विश्वास, सहकार्य र पारदर्शी व्यवस्थापनको बलमा द्रुत गतिमा प्रगति गरिरहेको छ। “सहकार्यमा शक्ति, समृद्धिमा सुनिश्चितता” भन्ने मूल मन्त्रका साथ हामी स्थानीय स्तरमा आर्थिक सचेतना, सशक्तिकरण र आत्मनिर्भरता कायम गर्न निरन्तर क्रियाशील छौं।
संस्थाको दिगो विकास सुनिश्चित गर्न हामी सेवा विस्तार, प्रविधिमैत्री प्रणाली, जोखिम व्यवस्थापन र वित्तीय अनुशासनमा उच्च प्राथमिकता दिइरहेका छौं। सदस्यहरूको आवश्यकता र अपेक्षा अनुसार सेवाहरू सुलभ, सरल र सुरक्षित बनाउँदै लैजाने हाम्रो प्रतिबद्धता छ।
शेयर सदस्यहरूको आर्थिक समुन्नति नै हाम्रो संस्थाको सफलताको वास्तविक सूचक हो। त्यसैले, हामी हरेक सदस्यको सक्रिय सहभागिता, सुझाव र समर्थनलाई उच्च मूल्यांकन गर्दै सहकारी आन्दोलनलाई थप सबल र व्यवस्थित बनाउने दिशामा लागिरहेका छौं।
सहयोग, सुझाव र विश्वासका लागि सम्पूर्ण सदस्यहरूमा हार्दिक आभार व्यक्त गर्दछु।
जय सहकारी!
जय नेपाल!
सुधना अधिकारी
प्रमुख कार्यकारी अधिकृतको सन्देश