सहकारी ऐन २०४८ बमोजिम सहकारी महासंघमा दर्ता भई स्थापना भएको यस धनरासी बहुप्रयोजन सहकारी संस्था लि. (Dhanrasi Multipurpose Co-Operative Ltd.) नेपाल सरकारको बिभिन्न कार्यालय वाे अनुमगन प्राप्त बिधिवत संस्था हो। हाल यस संस्थाको कार्यालय का.न.पा. – वडा नं. ८, बल्खुपुल काठमाडौंमा अवस्थित छ। संस्थाको मुख्य उद्देश्य नेपालमा प्रतिवद्धतापूर्वक वित्तीय वातावरणमा स्वस्थ प्रतिस्पर्धा मार्फत व्याज प्रवाह गरी संकलन गरिएका बचतको सुरक्षित व्यवस्थापन गरि सदस्यहरुलाई विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जा प्रवाह गरी सदस्यहरुलाई सरल र आत्मनिर्भर एवं सक्षम बनाउने हाम्रो संस्थाको स्थापनाको प्रमुख लक्ष्य रहेको छ। साथै “वित्तीय आर्थिक विकास र समृद्ध समाजका लागि सहकारी” भन्ने मूल नारालाई आत्मसाथ गर्दै सदस्यहरु बिच आपसी सहकार्यको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक, व्यवसायीक एवं साँस्कृतिक स्तरको उत्थानमा सहकार्य गरिने छ। सहकारी क्षेत्रको खुल्ला, दक्ष तथा अनुशासित नेतृत्व र व्यवस्थापनद्वारा यस संस्था सञ्चालन गरिएको छ।